हलिउड अभिनेता विल स्मिथले 'ओस्कार अवार्ड' कार्यक्रममा होस्टलाई हात उठाएका छन् l सो भिडियो अहिले सामाजिक सञ्जालमा पनि भाइरल भइरहेको छ l सो भिडियोको एक दृश्यमा देख्न सकिन्छ जब समारोहका उद्घोषक क्रिस रकले आफ्नी श्रीमतीमाथि जोक गर्छन् तब अभिनेता स्टेज माथि चढेर रकलाई झापड हान्छन् l
स्मिथले ‘किङ रिचार्ड’ बाट सर्वोत्कृष्ट अभिनेताको अवार्ड पाउनुअघि यो घटना भएको थियो । कार्यक्रम लाइभ टेलिकास्ट भइरहेको थियो । स्मिथले करिअरमा पहिलो पटक ओस्कार अवार्ड जितेका हुन् ।