गायिका समीक्षा अधिकारीको आवाजमा नयाँ गीत ‘हाँगाको फूल’ सार्वजनिक भएको छ । गीतमा दिनेशराज पुरीको शब्द तथा नवीन कार्कीको संगीत छ l भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन् l प्रकाश खड्काको छायाङ्कन रहेको भिडियो मिलन विकले सम्पादन गरेका हुन् ।
भिडियोमा बिना राउत र विक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ । सार्वजनिक भिडियोलाई म्युजिक जक्सन युट्युब च्यानलमा हेर्न सकिन्छ l