गायक शिव परियारको आवाजमा ‘कुरा दामी हो’ बोलको गीत सार्वजनिक भएको छ l राजेन्द्र थापाले लेखेको गीतमा दीपक थापाको सङ्गीत रहेको छ l गीतको एरेन्ज साहस शाक्यले गरेका हुन् l भिडियोमा अरुण क्षेत्री र प्रियना आचार्यको अभिनय रहेको छ।
रोशन विश्वकर्माले कोरियोग्राफी, अर्जुन तिवारीको छायाङ्कन रहेको गीतको निर्देशन शान थापाले गरेका छन् । शिव परियारले आफ्नो पुरानो गीत ‘क्या दामी भो’ को सिरिज अन्तर्गतको दोस्रो भाग ‘कुरा दामी हो’ बजारमा ल्याएका हुन् l