फिल्म ‘वर एन्ड वधू’ मा कमेडिएन हिमेश पन्त अनुबन्धित भएका छन् l ‘बर बधू’मा हिमेश एक महत्वपूर्ण भूमिकामा देखिंदैछन् । एल आर के इन्टरटेन्मेन्टकोे ब्यानरमा निर्माण हुन लागेको फिल्मले यो कमेडी र प्रेमकथा आफ्नो विषयवस्तु बन्ने छ । मिलन चाम्सको निर्देशन रहने फिल्ममा यस अघि मुख्य भूमिका विवेक कर्माचार्य अनुबन्धित भएका थिय l फिल्ममा आँचल शर्मा र विवेक मुख्य भूमिकामा छन् l वैशाख ३ गतेदेखि रोमानिया र टर्कीमा छायांकन हुने तयारीमा रहेको फिल्ममा आँचल शर्मा, विवेक कर्माचार्य, किरण केसी, बुद्धि तामाङ, विजय लामा लगायतको अभिनय रहने छ ।