आउँदो कात्तिक २ गतेदेखि प्रदर्शन आउने लागेको चलचित्र रुद्रप्रियाको ट्रेलर आज सोमबार सोमबार सार्वजनिक हुदैँ छ । ट्रेलर रिलिज पुर्व रेखा भने नायक आर्यन सिग्देलसँग रोमान्टिक देखिएकी छिन् । गुलाफको पत्तासँग रेखा र आर्यन रोमान्टिक मुड लोभलाग्दो छ ।

रेखा र आर्यनको यो रोमान्टिक दृश्य फिल्म रुद्रप्रियाकै लागि हो । अर्जुन पोखरेलको संगीत रहेको गीतको हात छायाँकन भैरहेको छ ।

सुदिप बबी भूपाल सिंहको निर्देशन रहेको चलचित्र रुद्रप्रियामा रेखा र आर्यनसँगै राजन इशान, टिका पहारी लगायत कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई रेखाकी आमा सरस्वती थापा र रमेश एमके पौडेलले निर्माण गरेका हुन् ।