फिल्म ‘षट्कोण’को प्रदर्शन मिति घोषणा गरिएको छ । साइकोलोजिकल थ्रिलर रहेको फिल्म आगामी वैशाख २३ गतेबाट प्रदर्शन आउनेछ । निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गर्दै रिलिज मिति बारे जानकारी गराएका हुन् l पोस्टरमा फिल्मको मुख्य अभिनेता कर्मा श्रेष्ठलाई देखाइएको छ l मिलन डी काप्रिको निर्देशन रहेको फिल्मलाई क्लेमेन्टाइन प्रोडक्सन र ट्राभल्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण गरिएको हो l शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको फिल्मको संवाद महेश दवाडीले लेखेका हुन् । आङ्चेन लामाको छायाङ्कन रहेको फिल्ममा कर्माको अलावा भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेमको अभिनय रहेको छ ।