गायक सुनिल गिरीको ‘झम्के साँझ’ को म्युजिक भिडियो युट्युब ट्रेण्डिङमा पर्न सफल भएको छ l भिडियोले युट्युबको दोश्रो स्थान ओगटेको हो l हाल सम्म म्युजिक भिडियोलाई युट्युबमा १७ लाख माथि दर्शकले हेरी सकेका छन् l सकारात्मक प्रतिक्रिया सहित गीतलाई दर्शकले अत्यधिक रुचाएका छन् l   गिरीकै अफिसियल युट्युब च्यानल बाट सार्वजनिक गरिएको गीतमा स्वयम गिरीकै शब्द, संगीत, र संगीत संयोजन समावेश छ l आवाजमा सुनिललाई गायिका सुनिता तिमल्सिना साथ दिएकी छिन् l लोक पप शैलीको गीतको भिडियोमा पल शाह र प्रकृति श्रेष्ठ फिचर्ड छन्  । दीपेन्द्र तिमल्सिनाको निर्देशन रहेको भिडियोमा अर्जुन तिवारीको छायाङ्कन, मनोज कार्कीको सम्पादन छ ।