'२०७८ राष्ट्रिय लोक दोहोरी' महोत्सव आयोजना हुने भएको छ l  चैत्र २५ देखि ३० सम्म आयोजना हुन लागेको महोत्सवलाई टुँडिखेलमा आयोजना गर्न लागिएको हो l डिएआर मुभिजले एक विज्ञप्ति जारी गर्दै महोत्सव बारे जानकारी गराएको हो l  महोत्सवमा खुल्ला लोकदोहोरी प्रतियोगिता समेत आयोजना हुने छ  । उक्त महोत्सवमा सहभागिताका जनाउने इछुकहरुको लागि आवेदन समेत खुल्ला गरिएको छ l सो महोत्सवमा प्रथम हुनेलाई ५ लाख नगद पुरस्कार साथै दोश्रो र तेश्रो हुनेलाई ३ र २ लाख पुरस्कार राखिएको छ l प्रतियोगिता उत्कृष्ट गायक तथा गायिकाले नगद २५ हजार र नव प्रतिभाले नगद २० हजार प्राप्त गर्ने छन् l महोत्सवमा दर्शकले निःशुल्क अवलोकन गर्न पाउने छन् l डिएआर मुभिजले यस अघि २०७६ सालमा ‘राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव’को आयोजना गरेको थियो ।