गायिका क्रिस्टिना श्रेष्ठको आवाजमा 'तिमी उता पारी' सार्वजनिक भएको छ l सञ्जय विक्रम शाहको शब्द रचना रहेको गीतमा महेश ज्ञवालीको संगीत रहेको छ l भिडियोलाई शशान कँडेलले निर्देशन गरेका हुन् l

दुई प्रेमिल जोडीको मिलन बिछोडको कथा रहेको भिडियोमा सायरा कार्की, सन्तोष बस्नेत ,बाल कलाकार जिया भुसाल, विनीत नेपाल, खगेश  रञ्जित, निर्मल नेपाल र समिता बज्राचार्यको अभिनय देख्न सकिन्छ l राज पोख्रेलले दृश्य कैद गरेको भिडियोलाई विकास दाहालको सम्पादन गरेका छन् । भिडियोलाई एमएनएस म्युजिकको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।