साउथ फिल्म ‘आरआरआर’ले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ। रिलिजको तीन दिनमा फिल्मले ५०० करोडको व्यापार गरेको छ l विश्वभरबाट तीन दिनमा पाँच सय करोड भारु कमाइसकेको छ भारतीय सञ्चारमाध्यमहरूमा उल्लेख छ l बलिउडका व्यापार विश्लेषक तरण आदर्शका अनुसार, हिन्दी संस्करणमा आरआरआरले पहिलो दिन १९ करोड भारु कमाएको थियो। पछि यसको कमाइ बढ्दै हालसम्म साढे ९१ करोड कमाइसकेको छ। अक्टोबर १३ अर्थात् असोज २७ गते बाट प्रदर्शनमा आएको फिल्मलाई निर्देशक एस् एस् राज मौलीले निर्देशन गरेका हुन् l फिल्ममा जुनियर एनटीआर, रामचरण, अजय देवगन, आलिया भट्ट लगायतको अभिनय रहेको छ l यही फिल्म बाट बलिउड अभिनेत्री आलियाले तेलुगु फिल्ममा डेब्यु गरेकी हुन् । डीभीभी इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई डीभीभी दानय्याले निर्माण गरेका हुन् । आरआरआर हिन्दी, तमिल, तेलुगु, कन्नड र मलायलम गरी पाँच भाषामा रिलिज भएको छ ।