फिल्म‘शमशेर’मा नायक गौरव पहारी र मनिष राउत पछि कमेडिएन हिमेश पन्त र अभिनेता सुमन गौतम अनुबन्धित भएका छन् l निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै दुई कलाकार फाइनल भएको जानकारी गराएका हुन् । एक्सन जनरामा बन्न लागेको फिल्मलाई एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको सहकार्यमा निर्माण गरिन लागिएको हो l फिल्ममा अभिनेता पक्का भएपनी अभिनेत्री भने फाइनल भैसकेको छैन l हाल निर्माण टिम अभिनेत्रीको खोजीमा छन् l फिल्मको छायांकन काठमाडौँ, दुबई, सोलुखुम्बु र ढोरपाटनमा हुने छ। सीबर्ड्स इन्टरटेनमेन्टको ब्यानर रहेको फिल्ममा मनिष राउत , गौरव पहारी, सुमन थापा, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुली लगायतका कलाकारको अभिनय हुनेछ। फिल्ममा अर्जुन पोखरेलको संगीत समावेश रहेको छ l