रिलिज समय नजिकिँदै गर्दा फिल्म ‘ए मेरो हजुर ४’को ट्रेलर र गीत युट्युबबाट उडेको छ । बुढासुब्बा डिजिटलको च्यानलबाट सार्वजनिक गरिएको फिल्मको सम्पूर्ण गीत देखी अन्य फिल्मका भिडियो समेत युट्युब बाट उडेको हो l च्यानल ह्याक भएका कारण भिडियो युट्युब बाट हटेको हो l गीतले लाखौँ भ्यूज पाइसकेको अवस्था पछि भिडियो युट्युब बाट उडेपेछी निर्माण टिम सँग बुढा सुब्बा सञ्चालकहरू तनावमा छन् l सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनमा सुनिल कुमार थापाले निर्माण गरेका हुन् । फिल्मको कथा निर्देशक झरना थाप लेखेकी हुन् । पटकथा र संवादमा उनलाई स्व. निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतीक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् ।  फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेतको मुख्य भूमिका छ । फिल्म वैशाख १ गते बाट रिलिज हुँदै छ l