पाँचौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आजबाट सुरु भएको छ । महोत्सव चैत्र २१ गते सम्म राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा हुनेछ । भौतिक उपस्थितिमा यस पट हुन लागेको महोत्सवमा ३८ देशका ८९ वटा फिल्मबिच  प्रतिस्पर्धा हुनेछ ।  यस पटक हलमा मात्रै नभएर अनलाइन माध्यममा पनि फिल्म प्रदर्शन हुनेछ। कोरोना महामारीका कारण गत वर्ष महोत्सव भर्चुअल रुपमा गरिएको थियो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्महरूको सात वटा विधाको प्रतिस्पर्धामा १४ वटा पुरस्कार प्रदान गरिनेछ।