गायक देसु गोले र राज सिग्देलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।  ‘सायद मलाई’ गीतको म्युजिक भिडियोमा मोडलद्धय पुष्पल खड्का र एलिसा राई वैवाहिक जीवनमा बाँधिएको देखाइएको छ ।

 

समन अधिकारीले निर्देशन गरेको सार्वजनिक म्युजिक भिडियोमा पुष्पल र एलिसाको जोडी जमेको हो । यो गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ । शिवराम श्रेष्ठले खिचिको यो भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।