रिलिज नजिकिँदै गर्दा फिल्म ‘हेल्लो जिन्दगी’ का निर्माण टिम फिल्म प्रचारको लागि तीव्र गतिमा हिँडेका छन् l फिल्म शुक्रवार बाट रिलिज हुँदै छ l यसको प्रचारका लागि यती बेला फिल्म बाहिरका कलाकार सन्दीप क्षेत्री, रवीन्द्र झा, शोभित बस्नेत लगायतका कलाकारको राम्रो साथ पाएको छ । फिल्म राम्रो बन्नुका साथै सबैलाई फिल्म हेरिदिन समेत आग्रह गरेका छन् कलाकारहरूले l ‘आफूले खेलेको फिल्मलाई लिएर कोही उत्साही हुँदैन भने त्यो कलाकार होइन’ सन्दीपले भने ‘हेल्लो जिन्दगी’ राम्रो बनेको होला किनभने निर्देशक एभरेस्ट सूर्य बोहोराप्रति मलाई विश्वास छ ।’ उनले फिल्म भित्रका कलाकार सबैको प्रचारमा साथ नपाए पनि दर्शकको साथ पाउने विश्वास व्यक्त गरे । यसै गरी निर्देशक एभरेस्ट सूर्य बोहरा निर्देशक फिल्मको प्रचार–प्रसारमा दीपिका र प्रियंकाले साथ नदिएको गुनासो गरे । ‘फिल्म प्रचारका लागि साथ दिन कलाकारले फिल्ममा अभिनय गरेकै हुनुपर्ने भन्ने छैन’ बोहोराले भने ‘फिल्म भित्रका नभए पनि फिल्म बाहिरका कलाकारको साथ राम्रो पाएको छु । अब दर्शकको साथ पाए पुग्छ ।’ सृजना जोशी महर्जन कार्यकारी निर्माता रहेको फिल्मको कथा निर्देशक बोहरा र विक्रम डी जोशीले लेखेका हुन् । एभरेस्ट सूर्य बोहराको लेखन र निर्देशन रहेको फिल्ममा पुरुषोत्तम प्रधानले छायांकन र सम्राट् बस्नेतको द्वन्द्व निर्देशन र मित्र डी. गुरुङको सम्पादन रहेको छ । फिल्मको निर्मातामा हिराल जोशी र विक्रम डी जोशी छन् । फिल्ममा विक्रम डी जोशी, दीपिका प्रसाईँ, प्रियंका कार्की, विल्सन विक्रम राई र विक्रान्त बस्नेत लगायतको अभिनय रहेको छ ।