द्वन्द्व निर्देशक राजेन्द्र खड्गीले फिल्म 'सेभेन भिलेन' निर्माण गर्ने भएका छन् l सात जना भिलेनको कथामा निर्माण हुने फिल्मलाई निर्देशक शोभित बस्नेतले निर्देशन गर्ने छन् l फिल्ममा भिलेनको भूमिकाका लागि राजेन्द्र खड्गी, सुनिल थापा, दिनेश डिसी, सम्राट् सापकोटा फाइनल भएका छन् भने बाँकी तीन जनाको भने खोजी भैरहेको छ l एक्सन जनरामा निर्माण हुने फिल्मको यति बेला स्क्रिप्टमा काम भइरहेको निर्माण टिमको भनाइ छ । वैशाख अन्तिमबाट छायांकन जाने फिल्ममा नायक भने एक चर्चित अनुहार नै रहने छ l