पहिलो पटक नाटकमा अभिनय गर्ने अब्सर पाएकी नायिका स्वस्तिमा खडकाले 'पल्पसा क्याफे' नामक नाटक बाट टाढिएकी छिन् l समय अभावका कारण स्वस्तिमाले नाटकमा अभिनय नगरेकी हुन् l रिहर्सल सकी मञ्चनको तयारीमा समेत रहेको नाटक कोरोनाका कारण पछाडि धकेलिएको थियो l उक्त नाटक वैशाख ९ गते मञ्चन हुँदै छ l उनी बाहिरिएसँगै नाटक ‘पल्पसा क्याफे’मा अभिनेत्री सृष्टि श्रेष्ठको प्रवेश भएको छ ।
अब उनले नाटकमा पल्पसाको भूमिका निर्वाह गर्ने छिन्।सुरज सुवेदीले नाट्य रूपान्तरण गरेको नाटकका निर्देशक विमल सुवेदी हुन् l थिएटर भिलेजको नाटक थापागाउँस्थित मण्डला थिएटरमा वैशाख महिनाभर मञ्चन हुने छ l