सुधीर श्रेष्ठ र अञ्जलि अधिकारी फिचर्ड म्युजिक भिडियो 'खेताला' रिलिज भएको छ l साजन राई र कल्पना राईको भोकल समावेश गीतको रचना खेम नेपालीको रहेको छ l गीतमा लय सिर्जना गायक साजनले नै भरेका छन् l
दिबेश राईले गीतको एरेन्ज गरेका हुन् l विक्रम चौहानको निर्देशन , कन्सेप्ट तथा कोरीयोग्राफी रहेको भिडियोलाई प्रकाश खड्काले खिचेका छन् l मिलन विश्वकर्माको सम्पादन गरेको भिडियोलाई ओ एस् आर डिजिटल च्यानल बाट हेर्न सकिन्छ l