अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालले पुनः दोस्रो पटक दर्शक माझ एउटै स्क्रिनमा आउने भएका छन् l 'सिटामोल' नामक फिल्ममा यो जोडी देखिने भएका हुन् l राजबहादुर सानेको निर्देशन र कथा रहने फिल्मको पट्कथा प्रदीप भारद्वाजले तयार पारेका छन् । समाजमा घटिरहेको वास्तविक घटनामा निर्माण हुने फिल्मको जेठ अन्तिमबाट छायांकनमा लैजाने निर्माण टिमको योजना छ l निर्देशक सानेले यस अघि ‘वृन्दावन’, ‘वीरंगना’, ‘डोली’, ‘गुड फ्रेन्ड’ जस्ता फिल्मको निर्देशन गरिसकेका छन् l