वैशाख १ गते रिलिज हुन लागेको फिल्म ‘ए मेरो हजुर ४’ मा समावेश गीत 'तिमी र म' रिलिज भएको छ l प्रतीक पौडेलको शब्द र लय सिर्जना रहेको गीतमा उदय राज पौडेलको स्वर छ । गीतमा फिल्मका मुख्य कलाकारहरू अनमोल केसी र सुहाना थापालाई देखाइएको छ । भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी छ ।

भिडियोलाई सञ्जय लामाले उत्कृष्ट तरिकाले क्यामेरामा कैद गरेका छन् । झरना थापाको निर्देशनमा तयार भएको यो फिल्ममा मित्र डी गुरुङको सम्पादन छ । झरना थापा र स्वर्गीय छेतेन गुरुङको कथा रहेको फिल्ममा झरना थापा, छेतेन गुरुङ, मन्दीप गौतम, बाबुराम दाहाल, प्रतीक पौडेल, उपकार पाण्डे, माधव शर्माको पटकथा तथा संवाद छ ।