बलिउड फिल्म 'एनिमल' नायिका रश्मिका मन्दानीको प्रवेश भएको छ l सन्दीप रेड्डी वाङ्गको निर्देशन रहेको यो फिल्ममा रणवीर र परिणिती चोपडा एकसाथ देखिने चर्चा थियो । तर परिणिती फिल्म बाट बाहिरिए सँगै निर्माण टिमले रश्मिकालाई प्रवेश गराएका हुन् l रश्मिका र रणवीरले सँगै काम गरेको यो पहिलो फिल्म हो । भूषण कुमारको टी-सिरिज, प्रणय रेड्डी वांगाको भद्रकाली पिक्चर्स र मुराद खेतानीको सिने स्टुडियोले निर्माण गर्ने फिल्ममा अनिल र रणवीर पिता-छोराको भूमिकामा देखिनेछन् । निर्देशक सन्दीपले यसअघि ‘कबिर जस्तो हिट फिल्म दिइसकेका छन् ।