नेपाली फिल्म ’ग्रहण’ निर्माण हुने भएको छ । फिल्मलाई राजीव गुरुङले निर्माण तथा निर्देशन गर्ने भएका हुन् l निर्माण टिमले एक कार्यक्रम बिच फिल्म घोषणा बारे जानकारी गराएका हुन् l थ्रीलर ड्रामा जनरा रहने फिल्म रे भेन्चर्स प्राइभेट लिमिटेडको व्यानरमा निर्माण हुनेछ । नेपाल सँगै भारतमा पनि खिचिने फिल्ममा विनय श्रेष्ठ , नम्रता श्रेष्ठ , सारुक ताम्राकार लगायतको अभिनय रहनेछ । यी कलाकारको अलावा फिल्ममा सिक्किमका कलाकारहरूसँगै प्राविधिक समेतको सहभागिता रहने छ l फिल्मको कार्यकारी निर्माता कलाकार विनय श्रेष्ठ रहेका छन् l फिल्ममा हरि हुमागाईँको छायांकन , प्रवीण श्रेष्ठको सम्पादन , विशाल सापकोटाको स्क्रिप्ट र स्क्रिनले रहेको छ भने यसको स्टोरी निर्देशक गुरुङको रहेको छ । अन्य कलाकार तथा प्राविधिकलाई छिटै छनौट गर्ने निर्देशक गुरुङले बताए । ‘सानो संसार’ रिलिजको १४ वर्षपछि विनय र नम्रताले स्क्रिन सेयर गर्ने गर्दैछन् ।