फिल्म ‘मैले आई लभ यु भन्नै सकिनँ’ को ट्रेलर र गीत रिलिज भएको छ l चैत्र २५ गते लाई रिलिज मिति तोक्दै निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेका हुन् l ट्रेलरमा एक्सनलाई प्राथमिकता दिइएको छ भने ‘मुस्ताङको बजार’ बोलको गीतमा राजेश पायल राई र मेलिना राईको स्वर रहेको छ ।

गीतमा दीपक रमनको शब्द तथा संगीत छ l गीतको भिडियोमा कलाकारहरू सुजन नेपाल, सुरवीर पण्डित, राजाराम पौडेल, बुद्धि तामाङ, अञ्जली अधिकारी, सुनिल भुसाल, जयनन्द लामा, सुरज कार्की, सुभाष नेपाली लगायतले नृत्य गरेका छन् ।

शंकर कार्की र बाबु जिम्बाको संयुक्त निर्देशनमा तयार भएको फिल्मको सह-निर्मातामा मसार नेपाली र भक्त बहादुर नेपाली छन् । शंकर कार्कीको कथा रहेको फिल्मलाई सुशील डांगीले खिचेका हुन् l आशिष् जिम्बाको सम्पादन फिल्ममा समावेश छ l