प्रदर्शन मिति नजिकिँदै गर्दा चलचित्र ‘छक्का–पञ्जा २’ले देश दौडाहा सुरु गर्ने भएको छ । चलचित्रका सम्पूर्ण कलाकार सहित साङ्गीतिक टुरको साथमा पूर्व देखि पश्चिम सम्मको यात्रा गर्ने लागेको हो । चलचित्रको टिम दमक, इटहरी, हेटौडा हुदैँ नारायणघाट, बुटवल र भैरहवा साङ्गीतिक प्रस्तुति सहित जान लागेको हो । कलाकारको निर्माता रहेका दीपकराज गिरीले सोमबार बिहान फेसबुकमार्फत स्टाटस लेख्दै देश दौडाहाको बारेमा जानकारी दिएका थिए ।

‘छक्का पन्जा २’ कलाकार दीपकराज गिरी, शिवहरि पौड्याल, केदार घिमिरे माग्नेबुढा, जितु नेपाल, स्वस्तिमा खड्का, प्रियंका कार्की, वर्षा राउतसहित गायक हेमन्त शर्माले दमकमा भदौ २९, इटहरी, भदौ ३०, हेटौंडा भदौ ३१, नारायणघाट असोज १, बुटवल असोज २ र पोखरामा असोज ३ गते साङ्गीतिक प्रस्तुति दिनेछन् । दिपाश्री निरौलाको निर्देशनमा बनेको चलचित्र आउँदो दसैँको अवसर पारेर फुलपातीको दिनदेखि प्रदर्शन हुदैँ छ ।