'ए मेरो हजुर ४' का निर्माता सुनिल कुमार थापाले आफ्नो फिल्म र साउथ फिल्मको व्यापार बराबर हुने अभिव्यक्ति दिएका छन् l वैशाख १ गते प्रदर्शन आउन लागेको 'ए मेरो हजुर ४' र प्रतीक्षित फिल्म ‘केजीएफ २’ सँग तुलना गर्दै थापाले आफ्नो अभिव्यक्ति राखेका हुन् l उक्त मितिमा ‘केजीएफ २’ पनि प्रदर्शनमा आउँदै छ l जोखिम मोलेका सुनिलले साउथ फिल्म सँग आफ्नो फिल्मले सजिलै सँग भिडन्त गर्न सक्ने बताएका छन् l जित नेपाली फिल्मकै हुनेमा पूर्ण विश्वस्त छन् उनी l फिल्मले कति सोज् पाउने त्यो त थाहा छैन तर फिल्मले उल्लेख्य सो पाउनेमा विश्वस्त छन् थापा l साथै सोज बाँडफाँडको विषयमा अहिले छलफल भइरहेको पनि उनको भनाइ छ l वैशाख १ मा फिल्मको लगानी सुरक्षित हुने भएकै कारण सोही दिन फिल्म चलाउने र पछि नहट्नेमा निर्माण टिम छन् l आफूले अहिलेसम्म बनाएका फिल्ममध्ये ‘ए मेरो हजुर ४’ उत्कृष्ट रहेको दाबी समेत उनको छ । अनमोल समेत प्रशंसा गर्दै उनी भन्छन् : घमन्डका साथ भन्छु कि अनमोल केसीले यसअघि सात वटा फिल्ममा गरेको अभिनयभन्दा यसमा अब्बल छ ।’ दर्शकले फिल्मलाई अत्यधिक रुचाउने समेत उनको भनाइ छ l सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनमा सुनिल कुमार थापाले निर्माण गरेका हुन् । फिल्मको कथा निर्देशक झरना थाप लेखेकी हुन् । पटकथा र संवादमा उनलाई स्व. निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतीक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् । फिल्ममा अनमोल र सुहानाको अलावा सलोन बस्नेत, सरोज खनाल , रबी गिरी लगायत कलाकारहरुको अभिनय रहेको छ