गायक राजु लामा र नायिका दिया पुनले सगरमाथा आरोहण गर्दै छन् l राजु चैत २७ गते सगरमाथातर्फ प्रस्थान गर्ने र अभिनेत्री पुन चैत २३ गते नै त्यसतर्फ लाग्ने कार्यक्रम तय भएको छ । एक कार्यक्रम बिच उक्त खबर जानकारी गराइएको हो l संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको अतिथिमा राखिएको कार्यक्रममा आलेले लामा र पुनलाई नेपालको राष्ट्रिय झन्डा प्रदान गरेर बिदाइ तथा आरोहणको शुभकामना दिएका थिए l यसै गरी मन्त्री आलेले लामा र पुनलाई शुभकामना पत्रसहित झन्डा हस्तान्तरणसमेत गरेका थिए । साथै मन्त्री आलेले, “सतर्कता र सावधानीपूर्वक हिमाल चढ्नुहोला, आवश्यक पर्ने सहयोग भन्नु होला हामी सहयोग गर्न तयार रहेको बाचा समेटा गरेका छन् । जलवायु परिवर्तनले ल्याएको असरको सन्देश दिन गायक लामा र नायिका दियाले हिमाल आरोहण गर्न लागेका हुन् l गायक लामाले सगरमाथा आरोहणसहित छ हजार ५०० मिटर उचाइको क्याम्प २ मा वैशाख दोस्रो साता साङ्गीतिक कार्यक्रमसमेत गर्ने बताए ।