अभिनेता रमित ढुंगानाले नयाँ फिल्म निर्माण गर्ने भएका छन् l ‘पृथ्वीनारायण शाह’ फिल्म मार्फत उनी निर्माताको रुपमा दर्शक माझ आउन लागेका हुन् l रोल्पा पुगेका रमितले 'शाह' को विषयमा फिल्म बनाउने योजना रहेको बताएका हुन् l यस फिल्म अघि उनी मुस्कान खातुन को फिल्म बनाउने छन् l बुद्ध बर्न इन नेपाल’ फिल्म बाट निर्माताको रुपमा आएका रमितको पृथ्वीनारायण तेश्रो फिल्म रहने छ lनेपालको १० वर्षे जनयुद्धको उद्गमस्थल रोल्पामा पहिलो पटक आएका नायक ढुंगानाले रोल्पाका विभिन्न स्थानको अवलोकन गरेका छन् ।