अनिता चलाउने र प्रवीण बेडवालको आवाजमा ‘लैजाऊ लैजाऊ’ बोलको गीत सार्वजनिक गरिएको छ । अर्जुन पोखरेलको शब्द र संगीत रहेको गीतको भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् l
अनिता चलाउनेको युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा आर्यन सिग्देल र केकी अधिकारी तथा आकाश श्रेष्ठ र रुबिना थापालाई जोडीका रुपमा हेर्न पाइन्छ । भिडियोलाई मान कृष्ण महर्जनले खिचेका हुन् भने सम्पादन बान्दे प्रसादको रहेको छ l