फिल्म ‘लक्का जवान’को ट्रेलर सार्वजनिक गरिएको छ l वैशाख २३ गते रिलिज हुने फिल्मको ट्रेलर ओ एस् आर मार्फत सार्वजनिक गरिएको हो l कमेडी जनरामा निर्माण भएको फिल्म 'लक्का जवान' चर्चित हास्य सिरियल ‘जिरे खुर्सानी’ निर्देशन गरेर चर्चा कमाएका शिवहरिको यो पहिलो फिचर फिल्म हो । ध्रुवदत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुतिमा बन्ने फिल्ममा किरण केसी, दिलीप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माताका रूपमा छन् ।
सुरेन्द्र केसी र दीपेन्द्र खनिया फिल्मका सह–निर्माता हुन् । फिल्म ‘आमा बङ्गलामुखी फिल्म प्रोडक्सन’को ब्यानरमा बनेको हो l 'लक्का जवान'मा किरण केसी, दिलीप रायमाझी, शिवहरि पौडेल, सुरेन्द्र केसी, वर्षा सिवाकोटी, प्रियंका कार्की, राजाराम पौडेल, सलोन बस्नेत लगायतको अभिनय रहेको छ ।