फिल्म ‘लन्डन टु पेरिस’मा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्धित भएकी छन् । घनश्याम लामिछानेले निर्देशन रहेन फिल्ममा साम्राज्ञी मुख्य भूमिकामा अनुबन्धित भएकी हुन् l एबी इन्टरनेसनलको ब्यानरमा निर्माण हुने फिल्ममा अमित बस्नेत, अजित कुमार थापा, परी राना, अङ्कित गौतम, सनिश खकुरेल निर्माता रहेका छन् भने फिल्मको सह-निर्माता अजित सिंह हुन् । असारबाट फ्लोरमा उत्रने फिल्मको छायाङ्कन बेलायत र फ्रान्समा हुने छ l फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् ।