गायक किरण गजमेरको स्वरमा रहेको नयाँ गीत 'वर्षा याम' सार्वजनिक भएको छ। नारद पुरीको शब्द रहेको गीतमा सङ्गीत कारणराज कार्कीले भरेका छन् l गीतलाई देवेश राईको एरेन्ज रहेको छ।
भिडियोलाई सुरज तामाङले निर्देशन गरेका हुन् l सूर्य पुरी र नाग्मा श्रेष्ठको अभिनय भिडियोमा देख्न सकिन्छ l विशाल थापाले खिचेको भिडियोलाई सनम मगरले सम्पादन गरेका छन्।