फिल्म ‘के घर के डेरा’को निर्माण घोषणा गरिएको छ । फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गर्ने छन् l कोरोना महामारी अघि यही शीर्षकमा सिनेमा निर्माणको घोषणा गरिएपनि हाल निर्देशक र कलाकार हेरफेर गरेर छायाङ्कन गर्न लागिएको मंलबार राजधानी आयोजित कार्यक्रममा निर्माण टिमले जानकारी दिएको हो । यसअघि यो फिल्मलाई रङ्ग पत्रकार सुब्रत राज आचार्यले निर्देशन गर्ने गरी निर्माण घोषणा गरिएको थियो । कमेडी तथा सोसल ड्रामा रहने फिल्ममा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत र रवीन्द्र झाको मुख्य भूमिका रहनेछ । वैशाख तेस्रो सातादेखि सुरु हुने सिनेमाको सम्पूर्ण छायाङ्कन काठमाडौँ उपत्यकाभित्रै गरिनेछ । सिंगे लामाको कथा, महेश दवाडीको पटकथा र संवाद, दीर्घ गुरुङको छायाङ्कन फिल्ममा रहेको छ l शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता युवराज कार्की हुन् । फिल्मलाई आगामी वर्षमा प्रदर्शनमा ल्याउने तयारी निर्माण टिमको रहेको छ l