अभिनेता भुवन केसी काठमाडौंको मेयरमा उठ्ने भएका छन् । महानगरपालिका मेयरमा केसी उठ्ने भएका हुन् l उन्नत लोकतान्त्रिक पार्टीले केसीलाई मेयरमा उठाउने भएको हो l केसीलाई पार्टीको परराष्ट्र विभागसमेतको विभागीय अध्यक्षको जिम्मेवारी पनि तोकिएको छ । महानगरपालिकाभित्रको सम्पदा, समस्या र सम्भावना समेतको राम्रो ज्ञान रहेकाले अभिनेता केसीलाई मङ्गलवार बसेको केन्द्रीय कार्यसमितिको बैठकले अभिनेता केसीलाई मेयरमा उठाउने निर्णय गरेको हो l यसअघि र्यापर बालेन शाहले पनि काठमाडौँको मेयरमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । आउँदो वैशाख ३० मा स्थानीय चुनाव हुँदै छ l