कलाकारहरूले चलचित्रकर्मी कल्याण कोषलाई केही रकम सहयोग गर्ने भएका छन् । दीपकराज गिरी, दीपाश्री निरौला र निर्माता रोहित अधिकारीले कल्याण कोषलाई तीन लाख रुपैयाँ सहयोग गर्ने भएका हुन् l तीनै जना फिल्मकर्मीले व्यक्तिगत तर्फबाट एक-एक लाख रुपैयाँ प्रदान गर्ने भएका हुन् l अहिले कोषसँग ५ करोड रुपैयाँ मौज्दात छ । कोषले पछिल्लो समय फिल्मकर्मीको उपचार र वृद्ध वृद्धालाई पनि आर्थिक सहायता प्रदान गर्दै आएको छ । कलाकार र प्राविधिकको वस्तुस्थिति हेरेर पैसा दिइएको छ । अभिनेत्री पल्पसा डङ्गोलको उपचारका लागि २ लाख दिइयो भने क्यान्सर रोगीको स्थिति हेरेर २ देखि ५ लाख रुपैयाँसम्म दिने व्यवस्था पनि छ ।