पल शाहलाई नवलपुर लगिएको छ । नवलपुर जिल्ला अदालतमा दर्ता भएको मुद्दाको बकपत्र र थुनछेक बहसका लागि उनलाई नवलपुर पुर्याइएको हो l हाल् तनहुँ जिल्ला कारागारमा रहेका शाहको मुद्दाको प्रक्रिया अगाडि बढाउन नवलपुर पुर्याइएको नवलपुर जिल्ला अदालतका श्रेस्तेदार महेन्द्रप्रसाद पौडेलको भनाइ छ l सरकारी वकिल कार्यालयले १४ वर्षसम्म कैद सजाय माग गर्दै नवलपुर अदालतमा अभियोग पत्र दर्ता गरेको थियो । पल विरुद्ध फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा एक नाबालिगले जबरजस्ती करणीको मुद्दामा जाहेरी परेको थियो l अनुसन्धानकै क्रममा प्रहरीले पलका म्यानेजरलाई समेत पक्राउ गरेको थियो । म्यानेजर भने धरौटी तिरेर छुट्टी सकेका छन् l पल विरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले पहिलो पटक सात दिन र दोस्रो पटक १२ दिनको म्याद सकिनुका साथै थप् तेश्रो म्याद थपेको थियो l