फिल्म 'ए मेरो हजुर ४' मा र्यापर जी बब सुदिप भण्डारीको एन्ट्री भएको छ l गायक दुर्गेश थापालाई निकालेर निर्माण टिम जी बबलाई फिल्ममा एन्ट्री गराएका हुन् l अब दुर्गेशको गीत हटाएर उनको गीत राखिने छ l गीतमा गायक सुदीप भण्डारीको स्वर, शब्द तथा संगीत छ । त्यस्तै, गीतको भिडियोमा गायक भण्डारी आफैँ फिचर छन् । बुधवार उक्त गीतको काठमाडौँको एक रेस्टुरेन्टमा छायांकन भएको थियो । गीतलाई शुक्रवार सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ ।