आज शुक्रबारबाट फिल्म ‘मैले आइ लभ यु भन्नै सकिनँ’ प्रदर्शनमा आएको छ । शङ्कर कार्की र बाबु जिम्बाको संयुक्त निर्देशनमा तयार भएको फिल्मको सह-निर्मातामा मसार नेपाली र भक्त बहादुर नेपाली छन् । शङ्कर कार्कीको कथा रहेको फिल्मलाई सुशील डांगीले खिचेका हुन् l आशिष् जिम्बाको सम्पादन फिल्ममा समावेश छ l फिल्ममा बुद्धि तामाङ, राजाराम पौडेल, स्वर्गीय जयनन्द लामा, सुरवीर पण्डित, अञ्जली अधिकारीका साथमा सुजन नेपाली, सुवास नेपाली, अनिषा सुनार, सुनिल भुसाल, सुरज कार्की, लक्ष्मी भट्ट, दावा लामा, कविता पुरी, निरुता तामाङ, शीतल खड्का, श्रुति मगर, सरस्वती तामाङ, इच्छा तामाङ, अर्जिता थापा लगायतका कलाकारको अभिनय छ ।