हास्य कलाकार जितु नेपालले दमन रुपाखेतीलाई  ‘मुन्द्रेको कमेडी क्लब’मा भित्र्याउने भएका छन् । दमन सँग सहकार्य गर्ने सोच गर्दै उनले रुपाखेतीलाई कार्यक्रममा भित्र्याउन लागेका हुन् l लामो समय जितु र दमनले हास्य कलाकारको जोडीका रूपमा काम गरेका थिए । तर, केही वर्ष अगाडिदेखि उनीहरू छुट्टाछुट्टै काम गर्न थालेका थिए ।  त्यसलाई परिमार्जित गर्दै उनी सोही नाममा कार्यक्रम गर्ने तयारीमा छन् । जितु अहिले सेट डिजाइन र टिभी फाइनल गर्ने काममा लागि रहेका छन् l शोलाई निर्देशक दिनेश डिसीले निर्देशन गर्न छन् l