नयाँ वर्षको दिन पारेर दमकमा नेपथ्यको कन्सर्ट हुने भएको छ । आगामी वैशाख १ गते दमकको ‘इँटा भट्टा स्कुल’ अर्थात् सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा नेपथ्यले कन्सर्ट गर्ने भएको हो l ‘नेपाली टच’ र ‘ध्रुव तारा स्पोर्टिङ क्लब’ ले आयोजना गरेको उक्त कार्यक्रमको टिकट मूल्य भने एक हजार रुपैयाँ राखिएको छ । अनलाइन टिकट को निम्ति www.thuprai.com/nepathya  मार्फत व्यवस्था गरिएको छ । सधैँ झैँ तोकिएकै अवधिमा सुरुहुने यो कन्सर्टका लागि उक्त दिन बेलुकी ठिक पौने पाँच बजे मैदानका ढोका खोलिनेछन् । यस पटकको नेपथ्य कार्यक्रम दुई वर्ष पछिको अन्तरालमा हुँदै छ । यो कन्सर्टको टिकट विक्रीका निम्ति दमकबाहेक काँकडभिट्टा, बिर्तामोड, उर्लाबारी, इटहरी, पथरी, लेटाङ, धरान, विराटनगर, गौरादह र दुधेमा समेत विक्री केन्द्र राखिएका छन् ।