नाटक ‘तीन ट्रान्जिट’ मञ्चन हुने भएको छ l  आज बाट काठमाडौँको थापागाउँस्थित मण्डला नाटक घरमा नाटक मञ्चन हुने भएको हो l सोमनाथ खनालले निर्देशन गरेको नाटकले वर्तमान राजनीतिक परिवेशलाई बोल्ने छ l नाटकमा बुद्धि तामाङ र विजय बरालको मुख्य भूमिका छ । आज बेलुका ५ बजेदेखि सुरु हुने नाटक वैशाख ४ गतेसम्म हरेक दिन मञ्चन हुने छ l नाटकमा मोहन चाम्लिङ राई, क्रिस्टिना बस्नेत, विपिन जयसवाल, प्रशंसा सिवाकोटी, प्रवीण पुरी, रवीन्द्र खत्री, भुवन लोहार, न्याथन रायन, दिग्गज खत्री, स्मृति श्रेष्ठ, रेखा लिम्बू, युगल लिम्बू, रेश्मा लिम्बू, कृशल श्रेष्ठ, मिलन खड्का, राजीव चौधरीले अभिनय गरेका छन् । सोमबारबाहेक प्रत्येक दिन बेलुका ५ बजे र शनिवार दिउँसो १ बजे नाटक मञ्चन हुने छ l