फिल्म ‘ए मेरो हजुर ४’मा समावेश गीत सार्वजनिक भएको २४ घण्टामै युट्युब ट्रेन्डिङमा परेको छ l गीत ‘भाग भाग न दे अब धेरै धाक’ बोलको गीत युट्युब ट्रेन्डिङको शीर्षस्थानमा उक्लिएको हो । चर्चित र्यापर जी-बबको स्वर शब्द र संगीत गीतमा छ l गीतलाई हाल सम्म ८ लाख ४१ हजारभन्दा बढी पटक युट्युबमा हेरिएको छ । गीतमा जी-बबसहित फिल्मका प्रमुख कलाकारहरु सुहाना थापा, अनमोल केसी, नीराजन प्रधान फिचर्ड छन् । गीतको केही अंश मात्र रिलिज गरिएको हो । १ मिनेट ५३ सेकेन्ड लामो हुक लाइनसहितका अंश सार्वजनिक गरिएको छ । भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी छ । भिडियोलाई सञ्जय लामाले उत्कृष्ट तरिकाले क्यामेरामा कैद गरेका छन् । झरना थापाको निर्देशनमा तयार भएको यो फिल्ममा मित्र डी गुरुङको सम्पादन छ । झरना थापा र स्वर्गीय छेतेन गुरुङको कथा रहेको फिल्ममा झरना थापा, छेतेन गुरुङ, मन्दीप गौतम, बाबुराम दाहाल, प्रतीक पौडेल, उपकार पाण्डे, माधव शर्माको पटकथा तथा संवाद छ ।