बलात्कार आरोपमा कारागारमा जीवन बिताइरहेका पल शाह प्रति नायिका पूजा शर्माले प्रेम व्यक्त गरेकी छन् । पललाई  चुम्बन गरेको स्टोरी राख्दै पूजाले माया शाह प्रति माया देखाएकी हुन् l स्टोरीमा पूजाले स्क्रिनमा प्ले भइरहेको पलको भिडियोमा चुम्बन गरेको देखिन्छ । आफ्नै फिल्म ‘म यस्तो गीत गाउँछु २’ मा पलले गीत गाइरहेको दृश्यमा उनले पलको गालामा चुमेकी छन् । र, क्याप्सन लेखेकी छन्– आइ जस्ट लभ हिम । पूजाले पलसँगका दर्जनौँ मुभी सिनहरू एकसाथ स्टोरीमा सेयर गर्दै अन्तिममा पललाई चुमेको भिडियो राखेकी हुन् ।