फिल्म 'ए मेरो हजुर ४' बाट आफ्नो सिन काटेको बारे गायक दुर्गेशले आफ्नो प्रतिक्रिया जनाएका छन् l फिल्म बाट आफ्नो सिन काटेको चर्चा चले पछि उनले आफ्नो प्रतिक्रिया दिएका हुन् l ‘मलाई निर्माण पक्षबाट कुनै जानकारी आएको छैन । यदि मिडियामा आएका कुरा सत्य हुन् भने पनि त्यसमा मेरो कुनै आपत्ति छैन’ दुर्गेशले भने ‘पल प्रकरणमा मेरो केही दोष छैन । मलाई त्यतिकै विवादमा ल्याइएको हो ।’ आखिर सबैले बलेको आगो नै ताप्ने हुन् । मेरो सिन काट्ने नकाट्ने निर्माण युनिटको खुसी हो ।’ दुर्गेश भन्छन् l तर यस बारे निर्माता सुनिल कुमार थापाले भने दुर्गेश हट्ने नहट्ने अहिले निर्णय नभएको बताएका छन् l दुर्गेश भए पनि नभए पनि केही फरक नपर्ने सुनिलको भनाइ छ l पल काण्डमा मुछिएपछि दुर्गेश यती बेला जताततै घृणाको पात्र बनिरहेका छन् र दर्शक श्रोताले उनको खेदो खनिरहेका छन् l भिडियोलाई सञ्जय लामाले उत्कृष्ट तरिकाले क्यामेरामा कैद गरेका छन् । झरना थापाको निर्देशनमा तयार भएको यो फिल्ममा मित्र डी गुरुङको सम्पादन छ । झरना थापा र स्वर्गीय छेतेन गुरुङको कथा रहेको फिल्ममा झरना थापा, छेतेन गुरुङ, मन्दीप गौतम, बाबुराम दाहाल, प्रतीक पौडेल, उपकार पाण्डे, माधव शर्माको पटकथा तथा संवाद छ ।