गायक निमा शेर्पाको स्वर रहेको गीत ‘रेशमैको डोरी’ सार्वजनिक भएको छ । सिएल शर्माका शब्द तथा संगीत गीतमा छ । भिडियोको निर्देशन विक्रम चौहानले गरेका हुन् ।
साहस शाक्यको एरेन्ज रहेको गीतको भिडियोको छायाङ्कन प्रकाश खड्का र सम्पादन लक्ष्मण चौहानको रहेको छ । भिडियोमा चर्चा उषा उप्रेती र बिक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ ।