‘१२ औँ डी सिने अवार्ड’मा नेपाली फिल्म फिल्म ‘मारुनी’ उत्कृष्ट बनेको छ l   छाया छवि क्रियसनले आयोजना गरेको अवार्ड शनिवार धुलिखेलमा भएको थियो l फिल्म ‘मारुनी’बाट निर्देशक नबल नेपाल, नायक पुष्प खड्का, छायांकार सञ्जय लामा, गायक कृष्ण काफ्ले, कथा लेखक गोविन्द फुयाँलले समेत अवार्ड प्राप्त गरेका थिए l अवार्ड समारोहमा ‘छ माया छपक्कै’ फिल्मले ८ विधा र ‘साङ्लो’ले ६ विधामा अवार्ड हात पार्‍यो । नायिकातर्फ केकी अधिकारीले ‘छ माया छपक्कै’बाट अवार्ड जित्दै गर्दा जुरी अवार्डतर्फ यही फिल्मबाट निर्देशक दीपेन्द्र लामाले अवार्ड जिते । पपुलर फिल्मको अवार्ड पनि ‘छ माया छपक्कै’को पोल्टामा गयो । अवार्ड विभिन्न २७ विधामा प्रदान गरिएको थियो । यसै गरी ‘लाइफटाइम लिजेन्ड्री अवार्ड’ नगद २५ हजार, सम्मान पत्र र दोसल्लासहित नेपाली फिल्मकी पहिलो नायिका भुवन चन्दलाई प्रदान गरिएको थियो l ।