फिल्म ‘आरआरआर’ले विश्वभरबाट हजार करोड कमाइ गरेको छ । हजार करोड कमाइ गरेको खुसीयाली दर्शक माझ साट्दै निर्माण टिमले पोस्टर सेयर गर्दै जानकारी दिएको हो l फिल्मले पहिलो हप्ता ७ सय करोड कमाइ गरेको थियो भने दोस्रो २ सय ६० करोड कमाइ गरेको थियो । तेस्रो हप्ता थप कमाइ गर्दै फिल्मले हजारको आँकडा छोएको हो । अक्टोबर १३ अर्थात् असोज २७ गते बाट प्रदर्शनमा आएको फिल्मलाई निर्देशक एस् एस् राज मौलीले निर्देशन गरेका हुन् l फिल्ममा जुनियर एनटीआर, रामचरण, अजय देवगन, आलिया भट्ट लगायतको अभिनय रहेको छ l यही फिल्म बाट बलिउड अभिनेत्री आलियाले तेलुगु फिल्ममा डेब्यु गरेकी हुन् । डीभीभी इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई डीभीभी दानय्याले निर्माण गरेका हुन् । आरआरआर हिन्दी, तमिल, तेलुगु, कन्नड र मलायलम गरी पाँच भाषामा रिलिज भएको थियो ।