फिल्म ‘सम्झना बिर्सना’को पहिलो गीत रिलिज गरिएको छ । ‘परेली’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा अञ्जु पन्त र निमेश प्रधानको स्वर रहेको छ । भिडियोमा फिल्मका मुख्य कलाकार पूजा शर्मा र आकाश श्रेष्ठ फिचर्ड छन् फिल्ममा निर्माताको रुपमा आदित्य प्रधान र रेविका प्रधान रहेका छन् l

निर्देशक प्रधानको डेब्यु निर्देशन रहेको फिल्मलाई सिलिगुडी, दार्जिलिङ र सिक्किम क्षेत्रमा छायांकन गरिएको छ l फिल्ममा शिव ढकालको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन र कमल राईको कोरियोग्राफी छ । फिल्मको कथा तथा पटकथा निर्देशक प्रधान स्वयंको रहेको छ भने शिशिर राणा र निमेष प्रधानले मिलेर फिल्मको संवाद लेखेका हुन् ।