‘मिडिया कप फुटसल’ प्रतियोगितामा चलचित्र पत्रकार सङ्घले विजयी सुरुवात गरेको छ। नेस्नल स्पोर्टस् सेन्टर च्यासलमा भएको खेलमा चलचित्र पत्रकार सङ्घले नेपाल टेलिभिजनलाई ७-२ गोल अन्तरले पराजित गरेको हो । आजै दिउँसो ४ बजे हुने क्वाटर फाइनल खेलमा अब चलचित्र पत्रकार सङ्घ र नेपाल पत्रकार महासङ्घ  बिच भिडन्त हुने  छ l नेपाल पत्रकार महासङ्घले आफ्नो ६७औँ स्थापना दिवसको अवसरमा आयोजना गरेको फुटसल आज र भोलि हुने छ l प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । साथै सञ्चार गृह, महासङ्घको प्रदेश र जिल्ला शाखाको साथै एसोसियट संस्थाहरूको सहभागिता रहेको छ । पत्रकारबिच निरन्तर समन्वय, सहकार्य र भाइचाराको वातावरण तयार गर्ने उद्देश्यले महासङ्घले फुटसल प्रतियोगिताको आयोजना गरेको हो ।