गायक जगदीश समालले नयाँ गीत ‘लैजाउँला कान्छी’ बजारमा ल्याएका छन् । हरि सुजीको शब्द रहेको गीतको सङ्गीत पूर्ण लामिछानेको रहेको छ l  गीतको एरेन्ज आशिष् अविरलले गरेका हुन् l 

भिडियो विधान कार्कीले निर्देशन गरेका हुन् । भिडियोमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता सापकोटाको रोमान्स देख्न सकिन्छ । हरि हुमागाईँको छायाङ्कन, विकास दाहालको सम्पादन रहेको भिडियो नक्षत्र प्रोडक्शनले निर्माण गरेको हो