रियालिटी सो ‘हिमालय रोडिज सिजन ४' को उपाधि नसिव तामाङले जितेका छन् । फाइन लिस्ट रोशन श्रेष्ठलाई पछि सार्दै नसिवले हिमालय रोडिजको चौथो सिजनको उपाधि हात पारेका हुन् । विजेताको उपाधि सँगै नसिवले नगद १० लाख रुपैयाँ, यामाहाको स्कुटर र ट्रफी प्राप्त गरेका हुन् l हिमालय रोडिजको यो सिजनमा १८ जनाले प्रतिस्पर्धा गरेका थिए । सोमबार राति प्रसारण भएको ग्राण्ड फिनालेमा अनुप विक्रम शाही, दिया मास्के, आशिष् राना र समन श्रेष्ठ टिम क्याप्टेनका रुपमा थिए । कार्यक्रमको सञ्चालन रमेन दास श्रेष्ठले गरेका हुन् ।